१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

साउन १७ गतेभित्र सूचीकृत कम्पनीले नेप्सेमा विवरण पेश गर्नुपर्ने

११ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको विवरण माग गरेको छ । नेप्सेमा सूचीकृत संगठित संस्थाको विवरण पेश गर्न माग गरेको हो । नेप्सेका अनुसार संस्थाको वर्गिकरण गर्नका लागी विवरण माग गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले सूचाना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीले प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकोले चौथो त्रैमासको वर्गिकरणका लागि आवश्यक विवरण पेश गर्न माग गरेको हो । सूचीकृत कम्पनीहरुले आफ्नो विवरण साउन १७ गतेसम्म पठाईसक्नुपर्ने छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १२:१८