२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

निर्मला पन्तको हत्यारा खोज्न थाले देउवाले, गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल


१० साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा खोज्न सुरू गरेका छन । आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी प्रमुख शैलेशथापा क्षेत्रीसँग अहिलेसम्मको प्रगितको जानकारी लिँदै तुरून्तै दोषी पहिचान गरी कारबाही गर्न निर्देशन दिएका छन । देउवा आफैँले फेसबुक मार्फत एक तस्बीर सार्वजिनक गर्दै भनेका छन ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार २१:१७