२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

एमाले सांसद रानामाथि माधवकुमार नेपालद्धारा दूर्व्यवहार


१० साउन, काठमाडौँ । नेकपा एमालेका सांसद नारदमुनी रानाप्रति दूर्व्यवहार भएको छ । आइतबार सिंहदरबारमा भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेकै वरिष्ठ नेता रहेका माधवकुमार नेपालले रानामाथि दूर्व्यवहार गरेका हुन ।

उनले सांसद रानालाइ राजिनामा दिएर बैठकबाट निस्कन चेतावनी दिए । प्रतिगमनको मतियारलाइ संसदमा बस्ने अधिकार नभएको भन्दै उनले त्यसो भनिरहँदा उनलाइ अर्का सांसद दीपकप्रकाश भट्टले साथ दिइरहेका थिए । उनले पनि रानालाइ बहिर जा भन्दै मुख छाडिरहेका थिए ।

सत्तारूढ दलका सबैजसो सांसद मिलेर प्रतिपक्षी सांसद माथि यसरी खनिदाँ संसदीय समितिकी सभापति पवित्रा निरौला खरेल भने एकहोरो नारादमुनी रानालाइ मात्र तपाइ शान्त रहनुस माननीयज्यू भन्दै थिइन ।

रानाले समितिमा आफ्नो बोल्ने समयमा संसदलाई जनताले नभइ सर्वोच्चले ल्याइदिएको बताएका थिए । उनले भनेका थिए  ‘प्रतिनिधिसभा विघटनपछि पुनस्स्थापना भएको छ। यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो। अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको होु, उनले भने, ुसरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन, दुवैलाई जनताले ल्याएका होइनन्।’

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १६:३७