३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

विघटित कार्यदलका सदस्य र एमाले सांसदहरूबीच छलफल शुरु

१० साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विघटित कार्यदलका सदस्यहरू र एमाले सांसदहरूबीच छलफल शुरु भएको छ । विघटित कार्यदलका सदस्यहरूमार्फत पार्टी एकताका लागि दबाब दिनका लागि सिंहदरबारको कृषि हलमा छलफल शुरु भएको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले निरन्तर प्रयास गरिरहेका छन् । सांसदहरुले उनीहरुलाई नै थप दबाब र सल्लाह दिनका लागि  बैठक बोलाएका हुन्

दोस्रो तहका यी नेताहरूले पार्टी विवाद समाधानका लागि निरन्तर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालसँग संवाद गरिरहेका छन् । तर, उक्त संवादको सार्थक निष्कर्ष भने अझै आउन सकेको छैन ।

प्रकाशित मिति : 14:28