१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

विश्वकपको फाइनल खेल अाज, उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुने

३१असार, काठमाडौँ । फिफा विश्वकप फुटबल २०१८ प्रतियोगिताको उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै छ । फ्रान्स सन् १९९८ को च्याम्पियन टिम हो । उपाधिका लागि अाज राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले फाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो । क्रोएसिया यसअघि १९९८ को विश्वकपको सेमिफाइनलमा पुगेपनि फ्रान्ससँग पराजित हुँदा फाइनल पुग्ने अवसर गुमाएको थियो ।

 यसअघि हिजो शनिबार सेमिफाइनलमा पराजित भएका बेल्जियम र इंग्ल्यान्डबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बेल्जियम २–० वे विजयी भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार ०९:२०