३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

दलित नेता माथि कांग्रेसको अपमान, मन्त्रीमा छानिएका दोबाटेको नाम देउवाले काटे

८ साउन, काठमाडाैँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाका सदस्य दोबाटे विकको अपमान गरेको छ । मन्त्रीका लागि तयार गर्न लागएर बधाइ समेत दिएर सपथ ग्रहणबाट भने रोकेको छ । तनहुँबाट राजनीतिमा उदयाका दोबाटेको नाम कांग्रेसले छानेको भए पनि कांग्रेसकै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा काटिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रीमा छानिएको र सपथका लागि तयार हुन अनुरोध गरिएको भए पनि उनको नाम देउवाको दबामा बीचमै काटिएको छ । उनी सपथका लागि जाँदाजाँदै नाम काटिएपछि तनावमा देखिएका छन । रामचन्द्र पाैडेल समूहका दोबाटेको नाम काटिएपछि कतिपय कांग्रेसकै नेताले पनि असन्तुष्टि जनाएका छन ।

कांग्रेसले आज तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो । छानिएका तीन मन्त्रीमध्ये मणिभद्र शर्मा र मेखलाल श्रेष्ठले सपथ लिएका छन तर, दोबाटे विकको नाम भने बाटोमै काटिएको छ ।

प्रकाशित मिति : 14:05