२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

कृषि विकास बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा ३ दिन बन्द हुने

८ साउन, काठमाडौँ । कृषि विकास बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । शुक्रबारदेखि कोर बैंकिङ्ग सफ्टवेयर (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बैंकले जनाएको हो ।

बैंकले सूचना जारी गरि भोलि साउन ८ गते शुक्रबार साढे २ बजेदेखि साउन १० गते आइतबार विहान १० बजेसम्म सीबीएससँग सम्वन्धिच सम्पूर्ण सेवा तथा डेलिभरि च्यानेल (इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड) लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने छ ।

प्रकाशित मिति : July 23, 2021 at 10:42 am