माधव नेपालको सचिवालयले भन्योः एमाले अध्यक्ष ओलीसँग भेट्ने कुनै कार्यक्रम छैन
७ असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कुनै कार्यक्रम नरहेको जनाएको छ । विभिन्न सञ्चार माध्यममा ओली र नेपालको बीचमा भेटवार्ता हुने खबरहरू आएको भन्दै माधव नेपालका स्वकीय सचिव मोहन गौतमले दुइ जनाको बीचमा भेट्ने कुनै कुरा नभएको बताएका छन ।
प्रकाशित मिति : 20:52









