३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

माधव नेपाल समूहलाई आम माफी दिने ओलीको घोषणा, मिलेर अघि बढ्न प्रस्ताव

७ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई एमालेमा फर्किन आग्रह गरेका छन । उनले सँगै मिलेर अघि बढौँ भन्दै यस्तो आग्रह गरेका हुन । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकको अन्तिम दिन बिहीबार सम्बोधन गर्दै ओलीले नेपाल पक्षलाई फेरि एक पटक मिलेर अघि बढ्न आह्वान गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्न प्रस्ताव गरेका हुन्। ओलीले भने ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ’, उनले अगाडि भने, ‘अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौँ।’ उनले आफूलाई तत्कालीन नेकपा रहँदा गत वर्ष साधारण सदस्यबाटै निकालेको पनि स्मरण गरे।

प्रकाशित मिति : 16:17