लक्ष्मी उन्नती कोषको बुक क्लोज साउन १३ गते
७ साउन, काठमाडााैँ । लक्ष्मी उन्नती कोषले बुक क्लोजका लागि मिति तय गरेको छ । कोषले आउँदो साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । कोषले आर्थिक वर्ष २०७७/७८ का लागि योजनाको इकाईधनीहरुलाई करसहित २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।
साउन १२ गतेसम्म नेप्से र सिडिएस एण्ड क्लियरिङको प्रणालीमा कारोबार भई कानुन बमोजिम तोकिएको समयावधिभित्र रित पूर्वक नासारी भएका इकाईधनीहरुले मात्र उक्त लाभांश पाउने छन् । उक्त कोष लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुल फण्ड अन्तर्गत संचालित कोष हो
प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १३:४४