१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

ह्याकरको धम्कीको पछि नलाग्न राष्ट्र बैंकको आग्रह

७ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकबाट पैसा चोरी गर्ने धम्की सार्वजनिक भएको छ । सिस्टम ह्याकरले त्यस्तो धम्की दिएपनि राष्ट्र बैंकले भने धम्कीको पछि नलाग्न, नडाराउन तर सतर्क रहन सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंकका अधिकारीलाई फोन र इमेल मार्फत राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्ने धम्की आएको थियो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले यस्ता धम्कीको पछि नलाग्न तर सबैलाई सतर्क भने रहन आग्रह गरेका छन । ह्याकरले नेपाल राष्ट्र बैंकसहित कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्ने धम्की दिएको छ ।

ह्याकरले इमेल नै गरेको भनेर हल्ला चलेपनि कसैको इमलेको इनबक्समा नआएको प्रवक्ता पोखरेलले बताए । इमेलमा आएको भने आईपी टे«स आउट गरेर कसले कहाँबाट पठाएको हो भन्ने थाहा पाइसक्ने भएपनि अहिलेसम्म इमेलमा नभएको पोखरेलको भनाई छ । ह्याकरले भने इमेल मार्फत २४ घण्टाको समय दिइएको छ । उनले ह्याकरले आक्रमण गर्ने कुरा सबै हल्ला मात्रै भएको र हल्ला भएजस्तो इमेल नआएको बताए ।

प्रकाशित मिति : July 22, 2021 at 1:00 pm