१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

आईपीओ निष्काशनको अनुमति माग्दै नेष्डो समृद्ध लघुवित्तले बोर्डमा दियाे आवेदन

५ साउन, काठमाडौँ । नेष्डो समृद्ध लघुवित्तले साधारण शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले सर्वसाधारणको लागि ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति माग्दै बोडमा आवेदन दिएको हो ।

गण्डकी प्रदेशको पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय नेष्डो समृद्धि लघुवित्त कम्पनी, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भइसकेको छ । आईपिओ जारी गरेपछि कम्पनीको कूल चुक्ता पुँजि २५ करोड पुग्नेछ ।

विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लगेको वित्तीय संस्थाले ५६ वटा शाखा कार्यालयहरुमार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमो ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : July 20, 2021 at 3:06 pm