मंगलबार नेप्सेमा ८० हजार कित्ता बोनस सूचिकृत
५ साउन, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे ८० हजार १ सय ४२ दशमलव २६ कित्ता सेयर सूचिकृत भएको हाे ।
संस्थाले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबामट पारित गरिसकेको छ ।
प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १३:५३