३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

मन्त्रीको टुंगो लगाउन माधव नेपालसँग प्रचण्ड र उपेन्द्रकाे भेटवार्ता

५ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

आज बिहान कोटेश्वर पुगेर अध्यक्ष प्रचण्ड र यादवले नेता नेपालसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेका माधव नेपाल पक्ष सरकारमा सहभागी हुने तयारी छ । मन्त्रिमण्डल विस्तारको सम्बन्धमा छलफल गर्न उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।

प्रकाशित मिति : 10:46