१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

कार्यकर्ताका बीचमा गोकुल बाँस्कोटाको प्रश्नः एमाले रोज्ने कि माधव नेपाल ?

४ साउन, काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अब पार्टी वा व्यक्ति के रोज्ने भन्ने दिन आएको बताएका छन। सोमबा राति सामाजिक सञ्जाल मार्फत पूर्वमन्त्री समेत रहेका बाँस्कोताले कार्यकर्ताले माधव नेपाल कि एमाले भनेर रोज्ने दिन आएको उल्लेख गरेका छन ।

उनले भनेका छन ‘अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै।माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन।तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।शुभरात्री !!!’

प्रकाशित मिति : July 19, 2021 at 10:39 pm