२० कार्तिक २०८१, मंगलवार | Wed Nov 6 2024

प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर हितग्राही खातामा जम्मा

४ साउन, काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ । गत जेठ ६ गते सम्पन्न कम्पनीकाे २५औँ साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीयस एण्ड क्लियरिङ्गमा उक्त बोनस सेयर सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको कम्पनीले जनाएको छ ।

गत वैशाख २५ गतेसम्म आफ्नो भौतिक सेयर अभौतिकरुण गराएका सेयरधनीहरुको बोनस सेयर सम्वन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । त्यस पश्चात सेयर अभौतिकीकरण गराएका/गराउने सेयरधनीहरुको हकमा निजको हितग्राही खातामा उक्त बोनस सेयर क्रमशः जम्मा गरिँदै जाने व्यवस्थाका साथै सेयरधनी मार्फत कम्पनीले तोकेको ढाँचा अनुरुप सेयर रजिष्ट्रार प्रभु क्यापिटलको वेवसाइट मार्फत पाउन सकिने छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल रहेको छ । हालसम्म पनि सेयर डिम्याट नगरेका सेयरधनीहरुले सेयर रजिष्ट्रार कार्यालय वा आफुलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालय वा अन्य कुनै निक्षेप सदयहरु मार्फत हितग्राही खाता खोली डिम्याट गरी बोनस सेयर आफ्नो हितग्राही खातामा प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १३:०५