गोकर्ण विष्टले भनेः हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ
४ साउन, काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने आफूहरूको दृढ प्रयत्नले सफलता पाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमबार बिहान समाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै सचिव विष्टले यस्तो बताउनुभएको हो ।
उहँँले भन्नुभएकोछ ‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ ।’
प्रकाशित मिति : 10:18









