१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

४ साउन, काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले साउन २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५ /७६ को लेखापरिक्षण प्रतिवेदन पारीत गर्ने छ भने सञ्चालक नियुक्तिको विषय पनि पारीत गर्ने छ । साधारण सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौँमा दिउँसो ३ बजे भर्चुअल माध्यमबाट गर्ने कम्पनिले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १०:१२