एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवाको कित्तामा उभिएका सांसदलाई सरप्राइज दिने
४ साउन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा हुने बताइएको छ । यसअघिको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर अब ओलीलाई कहिल्यै छोड्दिन भनेका गौतमले ओली निकट मानिएका ८ सांसद प्रधानमन्त्री शेरबहादुर देउवाको कित्तामा उभ्याइदिएका छन ।
उनी एमालेको पछिल्ला बैठकमा सहभागी भएका छैनन् । गौतमले उपप्रधानसहित गृह मन्त्रालय लिएर सरकारमा सहभागी हुने इच्छा गरेका छन । यद्यपी त्यसमा कांग्रेस सकारात्मक छैन् । एमालेको आजको बैठकले प्रधानमन्त्री देउवाको कित्तामा उभिएका सांसदहरूलाई सरप्राइज दिने एमालेका एक नेताले बताए । उनले सरप्राइज भनेको कारबाही हो कि पुरस्कार भनेर सोधेको प्रश्नमा बैठकको निर्णय कुर्न अुनरोध गरे ।
प्रकाशित मिति : 10:06









