३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

माधव नेपालको नेतृत्वमा एमालेका २२ सांसद फ्लोरक्रस गरेर कांग्रेसको कित्तामा

३ साउन, काठमाडाैँ । नेकपा एमालेको संस्थापन समूहका ८ जना सांसदले नेता माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्। केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन ।

फ्लोरक्रस गर्नेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन ।

प्रकाशित मिति : 22:37