३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

लैनचाैरमा माधव नेपालको पुत्ला जलाउने अनेरास्ववियू नेताहरू पक्राउ

३ साउन, काठमडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाउनेक्रमा अनेरास्ववियूका नेताहरू पक्राउ परेका छन । कमल जोशीको नेतृत्वमा लैनचौरमा माधव नेपालको पुत्ला जलाउनेक्रममा १० जना अनेरास्ववियूका नेता पक्राउ परेका छन । उनीहरूले अहिले पनि महानगरीय प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका छन ।

जोशीले आफूसहितका अनेरास्ववियूका नेताहरू अहिले पनि प्रहरी हरिसातमा रहेको बताए ।उनले लोकतन्त्रमा बिरोध गर्न पाउने अधिकार भए पनि प्रहरीले बलप्रयोग गरेर पक्राउ गरेको बताए ।

प्रकाशित मिति : 21:03