संसदबाटै केपी ओलीलाई प्रचण्डको चेतावनीः माओवादीसँग निहुँ खोजे खरानी बनिन्छ
३ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केप शर्मा ओलीलाई माओवादीसँग निहुँ नखोज्न चेतावनी दिएका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले ओलीको नामै लिएर माओवादीसँग निहुँ नखोज्न चेतावनी दिए ।
उनले माओवादीलाई आगोको उपमा दिए । उनले माओवादी आगो भएको कारण निहुँनखोज्न चेतावनी दिए । केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको चेतावनी दिए ।
प्रकाशित मिति : 20:14









