रचनात्मक प्रतिपक्षको भूमिकामा बस्छौँ: प्रदीप ज्ञवाली
३ साउन, काठमाडाैँ । नेकपा (एमालेका) नेता प्रदीप ज्ञवालीले अब रचनात्मक प्रतिपक्षको भूमिकामा रहने प्रस्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रियताको सवालमा २४ सै घण्टा आँखा झिमिक्क नपारी नियालिरहने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि राख्दै आफूहरुले विश्वासको मत दिन नसक्ने पनि प्रस्ट पारे ।
प्रकाशित मिति : 19:36









