प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव
३ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । सभामुख सापकोटाले संविधानको धारा ७६ (६) बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका देउवाले विश्वासको मत मागेका हुन् ।
देउवालाई संवैधानिक इजलासको परमादेश अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रकाशित मिति : 18:43









