२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

माधव नेपालले एक्लै भएपनि देउवालाई विश्वासको मत दिने

३ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू एक्लै भएपनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयमा पुगेको जानकारी गराएका छन् ।

नेता नेपालले एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूसँग आइतबार बिहान भएको भेटवार्तामा आफु एक्लै भएपनि मत दिने बताएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग ज्ञवालीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न निरन्तर प्रयास स्वरूप आज बिहान मात्र हामीहरूले माधव नेपालसँग भेटघाट गरेका थियौं । एउटा बिन्दुमा पुगिसकेको हुनाले आफूले एक्लै भएपनि देउवाको पक्षमा मत हाल्ने कुरा गर्नुभयो,’ । ‘कार्यदलका सदस्यहरू (माधव नेपाल पक्षका)ले त्यसो नगरौं, जे कुरा गर्दा पनि संस्थागत निर्णय गरौं भन्दा उहाँले मान्नुभएन ।’

नेता नेपालले आफू अल्पमतमा भएको कमिटीमा गएर त्यसको निर्णय नमान्ने बताएको ज्ञवालीले दाबी गरे । ‘यसको तात्पर्य उहाँ पार्टीलाई एकताबद्ध बनाएर अगाडि लिएर जाने कुरामा इच्छुक देखिनुभएन भन्ने कुरा देखियो,’  ।

जनादेशबाट नभई फरक प्रक्रिया र विधिबाट आएको हुनाले वर्तमान सरकारप्रति एमालेको समर्थन नरहने पनि ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : July 18, 2021 at 2:15 pm