२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

योगेश भट्टराईले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने

३ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका नेता योगेश भट्टराईले विश्वासको मत नदिने भएका छन् । माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका बेला नेपाल पक्षकै सांसद भट्टराईले मत नदिने निर्णय गरकाे उनको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गरी सर्वोच्च अदालतमा १४६ सांसदले रिट दायर गर्दा पनि भट्टराईले साथ दिएका थिएनन् ।प्रधानमन्त्री देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : July 18, 2021 at 2:06 pm