२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले स्थायी कमिटी बैठकः देउवालाई विश्वासको मत दिने नेताहरु पार्टीमा नरहने

३ साउन, काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन नगर्ने निर्णय गरेको छ । एमालेकाे आज बसेको स्थायी कमिटी बैठकले साे निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।

ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिए । उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको बताए ।

ज्ञवालीले भने, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो ।’ प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति : July 18, 2021 at 1:55 pm