कार्यदलको तीन महिनाको मेहनत खेर गयोः मुख्यमन्त्री पोखरेल
३ साउन, काठमाडाैँ एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यदलको तीन महिनाको मेहनत खेर गएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत पोखरेलले साे कुरा बताएका हुन् ।
कार्यदलले तयार गरेको १० बुँदे प्रतिवेदन वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेसँगै तीन महिनाको मेहनत खेर गएको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’ कार्यदलले आइतबार कोटेश्वरस्थित निवास माधव नेपालसँग भेट गरेको थियो ।
प्रकाशित मिति : 13:06









