एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियोः नेता आचार्य
३ साउन, काठमाडाैँ । नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाउने नियतले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् ।
आचार्यले माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताएका हुन् ।
‘एमालेलाई विभाजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन आचार्यले भने ।
उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन,पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’
प्रकाशित मिति : 12:32









