एमाले स्थायी कमिटी बैठक जारी, माधव नेपाल पक्ष सहभागी भएनन
३ साउन, काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहबेर अघि शुरु भएको हो । बैठकस्थल वरिष्ठ नेता माधवकुमार नेपालको घरबाट पाँच मिनेटको दूरीमा भएपनि आजको बैठकमा नेपाल पक्ष सहभागी भएको छैन । यस्तै उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् ।
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले स्थायी कमिटी बैठक बसेकाे हो । बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
प्रकाशित मिति : 12:33









