२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

जसपा महन्थ ठाकुर कि उपेन्द्र यादवको ? निर्वाचन आयोगमा आजदेखि सुनुवाई हुँदै

३ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) कसको भन्ने विवादमा निर्वाचन आयोगमा आजदेखि सुनुवाई हुँदै छ । जसपाको दुबै पक्ष विवाद लिएर पुगेपछि आयोगमा आजदेखि सुनुवाइ हुँदैछ ।

सुनुवाईले जसपा कसको भन्ने टुंगो लगाउने छ । जसपामा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु एकातर्फ छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु अर्को समूहमा छन् ।

जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकािरकता निरुपण गर्न इजलासमा सुनुवाइ गर्न लागिएको हो ।

प्रकाशित मिति : July 18, 2021 at 9:14 am