माधव नेपालको घरै नजिक एमाले स्थायी कमिटी बोलाइयो, केन्द्रीय कमिटीको एजेण्डा तय हुने
३ साउन, काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजे ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो। बैठकस्थल वरिष्ठ नेता माधवकुमार नेपालको घरबाट पाँच मिनेटको दूरीमा रहेको छ ।
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले स्थायी कमिटी बैठक राखेको हो । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ ।
केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर अब कतै जान्न भनेका बामदेव गौतम अघिल्लो बैठकमा गयल भएका थिए । आज आउँछन कि आउँदैनन् प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : 08:31









