ओलीलाई भेट्न जसपा टोली बालकोटमा
२ साउन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालकोट पुग्नुभएको छ ।
जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट जानुभएको हो ।
अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।
नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल हुनेछ ।
प्रकाशित मिति : 10:15







