२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी, नेपाल समूहका सांसद अनुपस्थित

१ साउन, काठमाडाैँ । नेकपा (एमाले) को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू उपस्थित भएका छैनन्।

नेपाल पक्षीय सांसदहरू कोरोना परीक्षणका लागि संसद भवनमा गएपनि बैठकमा सहभागी भएनन्। राष्ट्रिय सभा सदस्यसमेत रहेका उपाध्यक्ष वामदेव गौतम बैठक सुरू हुनै लाग्दै संसद भवनबाट बाहिरिएका थिए।

यसअघि अध्यक्ष केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यहरूमात्रै सहभागी भएको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठक रोक्न भनेर नेपाल समूहका नेताहरू गए पनि अध्यक्ष ओलीले मानेका थिएनन्। उक्त बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

प्रकाशित मिति : July 16, 2021 at 4:04 pm