आर्थिक श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माको घोषणा
१ साउन, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताउनु भएकाे छ । अर्थतन्त्रको पछिल्लो अवस्थालाई समेटेर श्वेतपत्र जारी गर्ने पत्रकार भेटघाट कार्यक्रममा शर्माले बताउनु भएकाे हाे ।
अर्थतन्त्रको अध्ययनको चरणमा रहेकाले देशको वर्तमान आर्थिक स्थितिको वास्तविक जानकारी दिने गरि श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माले बताउनुभयाे । अहिले सूचकांकले देखाएको अवस्था र आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेट्ने मन्त्री शर्माले बताउनुभयाे ।
प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १५:२१