शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने छः अर्थमन्त्री शर्मा
१ साउन, काठमाडाैँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताउनु भएकाे छ। अर्थमन्त्रीमा नियुक्त भएपछि शुक्रवार अर्थमन्त्रालयमा पत्रकारहरुसँग छलफल गर्दै शर्माले शेयर बजारमा देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकुल बनाइने बताउनु भएकाे हाे । उहाले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण अनुकुल बनाइने बताउनु भयाे ।
वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र शेयर बजार पनि रहेकोले यस क्षेत्रमा रहेका समस्या सामाधान गर्दै सर्वसाधारणकाे हित हुने गरी विकास गरिने शर्माले बताउनुभयाे ।
प्रकाशित मिति : July 16, 2021 at 2:34 pm









