३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

कार्यदलको १० बुँदे सहमति अनुमोदन गर्ने एमाले स्थायी कमिटी बैठककाे निर्णय

१ साउन, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायीले एमाले विवाद समाधान गर्न गठन भएको कार्यदलको १० बुँदे सहमति  अनुमोदन गरेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमाले विवाद समाधान गर्न गठन भएको कार्यदलको १० बुँदे सहमति  अनुमोदन गरेको जानकारी दिनुभयाे । यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ।  पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने  निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 13:40