१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट ल्यायो बजेट

१ साउनर, काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिएका छन ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकको आधारमा प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गरेका थिए । सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेर आज अध्यादेशबाट बजेट ल्याएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १२:४७