एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम गएनन्
१ साउन, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । माधव नेपाल पक्ष अनुपस्थित भएको बैठकमा उपाध्यक्ष गौतम पनि अनुपस्थित भएका हुन् ।
केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षबाट कोही पनि सहभागी भएका छैन ।
प्रकाशित मिति : 12:40









