२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेको स्थायी कमिटी बैठक सुरू, माधव समूहको सदस्य अहिलेसम्म पुगेनन्

१ साउन, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । एमाले कार्यदलमा माधव नेपाल पक्षका सदस्यहरु स्थायी कमिटी बैठकमा सहभागिता जनाउने भएका छन् । नेताहरुका अनुसार कार्यदलले अध्यक्ष र महासचिबसँग स्थायी कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । सोही बमोजिम आफूहरु बैठकमा जान लागेको एमाले सचिव भीम आचार्यले बताउनुभयो । आचार्यका अनुसार आजको बैठकमा कार्यदलले तयार गरेका १० बुँदाका बारेमा अध्यक्षसँग कुरा गर्ने र सबैलाई समेट्ने गरी अर्को बैठक बोलाउन आग्रह् गर्ने तयारी छ । यद्यपी अहिलेसम्म माधव समूहका नेता त्यहाँ पुगेका छैनन् । उनीहरू छुट्टै छलफल गरिरहेका छन ।

प्रकाशित मिति : July 16, 2021 at 12:02 pm