१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

३ लाख ९३ हजार कित्ता आईपीओ निष्काशन गर्न मानुषी लघुवित्तलाई बोर्डले दियो अनुमति

१ साउन, काठमाडौँ । मानुषी लघुवित्तले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्तलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्न बिहीबार अनुमति दिएको छ । बोर्डबाट अनुमति पाएसँगै मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको १ सय रुपैया अंकित ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गर्ने छ ।लघुवित्तको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

काभ्रेको भैसेपाटीमा केन्द्रिय कार्यालय रहेको मानुषीको कार्यक्षेत्र राष्ट्रिय स्तरमै रहेको छ । सर्वसाधारणका लागि तीन करोड ९३ लाख रुपैयाँको प्राथमिक सेयर जारी पछि चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ । मानुषी लघुवित्तले २०७८ बैशाख १३ गते बार्डसँग आईपीओ निष्काशनकाे लागि अनुमति मागेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ११:३९