माधव नेपालको बिरोधको मूल्य अब लिलामीका लागि पनि लायक रहन्नः मुख्यमन्त्री पोखरेल
१ साउन, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटीसदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको बिरोधको मूल्य स्वात्तै घटेको बताएका छन । शुक्रबार बिहानै ट्वीट गर्दै मुख्मन्त्री पोखरेलले अब बिरोधको मूल्य लिलामीका लागि समेत लायक नहुने बताएका छन ।
उनले भनेका छन ‘केपी ओली सरकारको नेतृत्वमा हुदासम्म माधव कमरेडहरुको केपी विरोधको निकै ठुलो मुल्य थियो । देउवाजी प्रम भएपछि त्यो घट्तै छ । विश्वासको मतप्राप्त गरेपछि लिलामी लायक पनि रहनदिने छैनन् ।’
प्रकाशित मिति : July 16, 2021 at 10:10 am









