२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

माधव नेपालले गठबन्धन छाडेनन्, बैठकमा डा पाैडेललाई प्रतिनिधि पठाए

३१ असार, काठमाडाैँ । माधव नेपालले विगतको विपक्षी (अहिलेको सत्तापक्ष) गठबन्धनको बैठकमा प्रतिनिधि मार्फत सहभागिता जनाएका छन । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो चार बजेदेखि बैठक चलिरहेको हो । उक्त बैठकमा माधव नेपालको प्रतिनिधिको रूपमा डा विजय पाैडेलले सहभागिता जनाइरहेका छन । अर्थशास्त्री समेत रहेका उनी एमालेका नेता हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेसका पूर्णबहादुर खड्का पनि सहभागी रहेका छन ।

प्रकाशित मिति : July 15, 2021 at 6:41 pm