१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

गुण्डा नाइके भनेर चिनिएका सत्यमान लामा ठगी मुद्दामा पक्राउ

३१ असार, काठमाडौँ । गुण्डा नाइके भनेर चिनिएका सत्यमान लामा ठगी मुद्दामा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्याल काभ्रेले अदालतको आदेश कार्यान्वयनका लागि लामा पक्राउ परेको पुष्टि गरेको छ । लामा चेक वाउन्सको ठगीमा परेका हुन ।

लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि विभन्न नाममा पक्राउ पर्दै आएका उनलाइ एमाले नेतृ नविना लामाको जमानीमा छुट्ने गरेका थिए । लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटा चेक बाउन्समा उजुरी दिएका थिए। लामाले गत माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो भने सापकोटालाई दिएको २२ लाखको चेक पनि बाउन्स भएको थियो ।

प्रकाशित मिति : July 15, 2021 at 6:06 pm