१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बिहीबार नेप्सेमा १० लाख ५६ हजार कित्ता बोनस सेयर सूचिकृत

३१ असार, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा  प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता सेयर सूचिकृत भएको हाे ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही बोनस सेयर नेप्सेमा सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १७:२०