एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने
३१ असार, काठमाडाैँ । नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ। सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव पक्षका २३ सांसद भने उक्त बैठकमा सहभागी नहुने सल्लाह भएकाे नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिनुभयाे । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको हाे ।
प्रकाशित मिति : July 15, 2021 at 4:54 pm









