प्रतिनिधिसभा बैठक साउन ३ मा बाेलाउन सरकारकाे सिफारिस
३१ असार, काठमाडाैँ । सरकारले साउन ३ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको हाे ।
प्रकाशित मिति : July 15, 2021 at 3:34 pm









