१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सरकारसंगको दुई बुँदे सहमतिपछि गंगामायाले तोडीन अनसन

२९ असार, काठमाडौं । जेठ १५ गतेदेखि अनसनमा बसेकी गंगामाया अधिकारीले सरकारसंगको दुई बुँदे सहमति गरेपछि असन तोडेकी छन् । अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडेका हुन् ।

सरकारसंगको दुई बुँदे सहमति पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।

१० दिनमा केही प्रगति भएन भने फेरि अनसन बस्ने अधिकारीको भनाई रहेको इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले जनाएका छन् ।गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १९:१९