प्रधानमन्त्री देउवा मन्त्रीको सूची माग्न माधव नेपालको निवासमा, सात मन्त्रालयको दाबी
३० असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुने नेताहरूको सूची माग्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमै पुगेका छन । देउवा सिंहदरबारबाट मन्त्रीको सूची माग्नाका लागि सीधै नेपाल निवास कोटेश्वर पुगेका हुन ।
मन्त्रालयको भागवण्डा टुंग्याउनका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का यसअघि नै कोटेश्वर पुगिसकेका थिए । नेपालले महत्वपूर्ण पाँच मन्त्रालय आफूले पाउनु पर्ने माग गरेको कांग्रेस स्रोतले जनाएको छ । नेपालले विश्वासको मत दिने समयसम्म आफ्नो तर्फबाट मन्त्रीको सूची नदिने बताउनुभएको छ ।
यद्यपी मन्त्रालयको टुंगो त्यसअघि नै लाग्नु पर्ने र सबै खालका नियुक्तिमा कम्तिमा ३० प्रतिशत भाग चाहिने माग गरेको कांग्रेस स्रोतले जनाएको छ। माधव नेपालकै सहयोगमा सर्वोच्चको आदेश अनुसार देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : July 14, 2021 at 5:41 pm









