१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

छोरी जन्मिएकाे भन्दै बिराटनगमा एक परिवाले गरे शिशुको हत्या, आमासहित ४ जना पक्राउ

३० असार, मोरङ । बिराटनगरमा एक परिवारले जन्मने बित्तिकै एक नवजात शिशुको हत्या गरेको छ । जन्मिएको बच्चा छोरी भएकाले परिवाकाे सबै जना मिलेर नवजात शिशुको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरी आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा सोमबार प्रहरीले आमासहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, बुबा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीय उर्मिला मण्डल र श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १३:२२